Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतीय स्थल सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई २२ करोडको सामाग्री हस्तान्तरण

भारतीय स्थल सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई २२ करोडको सामाग्री हस्तान्तरण

  • सोमवार, भाद्र २० २०७९

  • 392
    SHARES

  • भारतीय स्थल सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई २२ करोडको सामाग्री हस्तान्तरण

    काठमाडौं । नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ ।

    १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी)सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।

    भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग्री र इन्डियन हतियारको स्पेयर पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भारतीय सेनाध्यक्षले हस्तान्तरण गरेको सामग्री ६० प्रतिशत अनुदानमा प्राप्त भएको हो । ४० प्रतिशत रकम नेपाल सरकारले भारत सरकारलाई दिनुपर्छ । सेनाप्रमुख नेपाल भ्रमणमा आएको मौकामा पाण्डेले सामग्री सांकेतिक हस्तान्तरण गर्नुभएको हो । सम्झौताअनुसार अरु सामग्री पछि आउने बताइएको छ ।


    सोमवार, भाद्र २० २०७९०१:४०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij