Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन सुरु

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन सुरु

  • सोमवार, भाद्र २० २०७९

  • 509
    SHARES

  • गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार (हिजो) कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार (आज) गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो ।

    काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटापाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको छ ।

    मैतीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको पाण्डेले बताउनुभयो ।

    महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ । नेपाल प्रहरीको टोलीले नगर प्रहरीको आग्रहमा भीडलाई हटाएको महानगरले जनाएको छ ।


    सोमवार, भाद्र २० २०७९०१:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij