काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस हुनुभएको छ ।
क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताउनुभयो ।
ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याउनुभएको थियो ।