Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचनको मिति घोषणापछि तलबभत्ता खान अनुचित हुन्छ भन्ने लागेर सांसद पद त्यागे : राजेन्द्र लिङ्देन

निर्वाचनको मिति घोषणापछि तलबभत्ता खान अनुचित हुन्छ भन्ने लागेर सांसद पद त्यागे : राजेन्द्र लिङ्देन

  • सोमवार, भाद्र २० २०७९

  • 520
    SHARES

  • निर्वाचनको मिति घोषणापछि तलबभत्ता खान अनुचित हुन्छ भन्ने लागेर सांसद पद त्यागे : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनको मिति घोषणा भइसकेपछि तलबभत्ता खाएर हिड्नु अनुचित हुन्छ भन्ने लागेर सांसद पद त्यागेको बताउनुभएको छ ।

    हिजोको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गर्दै सांसद पद त्याग्नुभएको थियो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिङ्देनले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह पनि गर्नुभएको छ ।

    उहाँले संसद्को आयु मङ्सिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्यागेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘व्यक्तिगतरूपमा म चाहिँ अब संसदमा जाँदिन, अनैतिक काममा सहभागी हुदिन । यो कुनै प्रचारको लागि भनिएको विषय पनि होइन । म त निर्वाचन घोषणा भइसकेपछि संसदमा जान छोडिसकेको थिए, तलबभत्ताको लागि मात्रै बैठकमा हाजिर हुने काम राम्रो होइन भन्ने मेरो निश्कर्ष थियो । तर अब संसदमै गएर भनौ भनेर मात्रै हिजो( आइतबार) गएको हुँ, अब जान्न ।’

     


    सोमवार, भाद्र २० २०७९०८:००:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij