Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २३० जना संक्रमणमुक्त्त

थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २३० जना संक्रमणमुक्त्त

  • आइतवार, भाद्र १९ २०७९

  • 630
    SHARES

  • थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २३० जना संक्रमणमुक्त्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् ।

    जसमध्‍ये २ हजार ३८५ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।

    यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, भाद्र १९ २०७९०४:५६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij