Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

६.६८ अंकले बढ्यो नेप्से, १ अर्बभन्दा बढीको कारोबार

६.६८ अंकले बढ्यो नेप्से, १ अर्बभन्दा बढीको कारोबार

  • आइतवार, भाद्र १९ २०७९

  • 422
    SHARES

  • ६.६८ अंकले बढ्यो नेप्से, १ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६.६८ अंकले बढेको छ।

    आज नेप्से ०.३४ प्रतिशतले बढेर १९७७.३० बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन २२७ वटा धितोपत्रको १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको छ।

    आइतबार रुरु जलविद्युत परियोजनाको सेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ ५० पैसा पुगेको छ।

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ९।१८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४३३ रुपैयाँ कायम भएको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ। कम्पनीको सेयर मूल्य २.८६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३६० रुपैयाँमा झरेको छ।

    त्यस्तै, सोल्टी होटल्सको सेयर मूल्य १।९१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २०५ रुपैयाँ कायम भएको छ। यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

    सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८८ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४।२६ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको ८९५ रुपैयाँमा ६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ। यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ।

    त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशतले बढेको छ।


    आइतवार, भाद्र १९ २०७९०४:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij