Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपा अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै

राप्रपा अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै

  • आइतवार, भाद्र १९ २०७९

  • 521
    SHARES

  • राप्रपा अध्यक्ष लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिनुहुने भएको छ । आइतबार (आज) बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्न लाग्नुभएको हो ।

    सत्तारुढ दलका नेताहरुले संसदको आयु लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

    ‘आज बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो ।

    ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उहाँले सांसद पदबाट राजीनामा दिन लागेको राप्रपाले जनाएको छ ।


    आइतवार, भाद्र १९ २०७९०२:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij