Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

शुक्रबारको सेयर कारोबार बन्द हुदै

शुक्रबारको सेयर कारोबार बन्द हुदै

  • आइतवार, भाद्र १९ २०७९

  • 483
    SHARES

  • शुक्रबारको सेयर कारोबार बन्द हुदै

    काठमाडौं । असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताउनुभयो ।

    आज बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो । तर, असार लागेसँगै सरकारले आइतबारको बिदा हटाएसँगै नेप्सेमा आइतबार पुरै समय र शुक्रबार पनि २ घण्टा कारोबार गर्ने निर्णय गर्दै सोही अनुसार कार्यन्वयन गर्‍यो ।

    तर, तीन महिना नपुग्दै शुक्रबार सेयर कारोबार गर्ने निर्णयबाट नेप्से पछि हटेको छ ।

     


    आइतवार, भाद्र १९ २०७९०२:३८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij