Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २०० संक्रमित थपिए, २ जनाको मृत्यु

कोरोनाका २०० संक्रमित थपिए, २ जनाको मृत्यु

  • शनिवार, भाद्र १८ २०७९

  • 566
    SHARES

  • कोरोनाका २००  संक्रमित थपिए, २ जनाको मृत्यु
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ वटा स्वाब नमुनाको परीक्षण गर्दा २०० जनामा संक्रमण देखाएको हो । १ हजार ३८१ नमुनाको पीसीआर परीक्षण गर्दा ९२ र २ हजार १५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो ।
     
    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ७ जनाको मृत्यु भएको छ ।
     
    पछिल्लो २४ घण्टामा  ३३९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ८३ हजार १०३ पुगेको छ ।
     
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ६४२ रहेको स्वास्थ्य  मन्त्रालयले  जनाएको छ ।
     
    त्यस्तै, २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।


    शनिवार, भाद्र १८ २०७९०४:०६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij