Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट आज १४ जनाको मृत्यु 

कोरोनाबाट आज १४ जनाको मृत्यु 

  • आइतवार, भाद्र १४ २०७७

  • 1.4K
    SHARES

  • कोरोनाबाट आज १४ जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमणबाट चार महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । यो हालसम्मकै बढी संख्या हो । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।

    त्यस्तै, मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।

    योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

    साथै, पछिल्लो २४ घण्टामा थप २६७ संक्रमित निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

     


    आइतवार, भाद्र १४ २०७७०४:५२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij