Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज सामान्य गिरावट,७० करोडको कारोबार

नेप्सेमा आज सामान्य गिरावट,७० करोडको कारोबार

  • शुक्रवार, भाद्र १७ २०७९

  • 484
    SHARES

  • नेप्सेमा आज सामान्य गिरावट,७० करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १.६७ अंक (०.०८) प्रतिशतले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ ।

    आज हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ । हिजो १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज करिब ७० करोडको कारोबार भएको छ ।

    आज नेप्सेमा १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ४ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३७ लाख ३ हजारको कारोबार भएको छ ।

    आज नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ९७ कम्पनीको सेयर मूल्य घटेको छ । ७३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७ कमपनीको भने स्थिर छ । त्यस्तै कारोबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा रुरु जलविद्युत् कम्पनीको ९.६७ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६१ प्रतिशतले बढेको छ ।

    यता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइ मूल्य ६.१६ प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ४.१० प्रतिशतले घटेको छ ।


    शुक्रवार, भाद्र १७ २०७९०२:१३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij