काठमाडौं । नेपाली सेनाका ४१७ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न स्थानमा खटिएका सेनाका ४१७ जनामा संक्रमण देखिएको हो ।
सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार संक्रमितमध्ये हालसम्म ११८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा कर्णाली प्रदेश र प्रदेश –२ का सैनिक बढी रहेका छन् ।