Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

  • शुक्रवार, भाद्र १७ २०७९

  • 808
    SHARES

  • आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा
    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ। हिजो बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जनाउनुभएको छ।
     
    अवस्थीले एक विज्ञप्ति जारी गरी आज प्रदेशभर सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा दिइने निर्णय भएको बताउनुभएको हो ।
     
    यसअघि प्रदेश सरकारको प्रदेश राजपत्रमा आज सार्वजनिक बिदा हुने उल्लेख गरिएको थियो। तर बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत दीपेन्द्रसिंह विष्टले एक विज्ञप्ति जारी गर्दै बिदा खारेज गरिएको सूचना प्रकाशित गर्नुभएको थियो।
     
    बुधबार प्रकाशित बिदा खारेजीको सूचनाको व्यापक विरोध भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
    1.png
     


    शुक्रवार, भाद्र १७ २०७९०९:२३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij