Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टा नबित्दै कोरोना संक्रमणबाट सात जनाको मृत्यु

२४ घण्टा नबित्दै कोरोना संक्रमणबाट सात जनाको मृत्यु

  • आइतवार, भाद्र १४ २०७७

  • 773
    SHARES

  • २४ घण्टा नबित्दै कोरोना संक्रमणबाट सात जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टा नबित्दै कोरोनाबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ ।

    वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालमा आज बिहान रौतटहको राजपुर तुलसीका ४० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

    यसअघि, शनिबार बेलुक पनि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा रौतहटकै गम्हरिया –३ का संक्रमित ३० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

    त्यस्तै, सुनसरीमा आमा–छोराको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको केही घण्टामै कोरोना संक्रमित आमा–छोराको मृत्यु भएको हो ।

    त्यसैगरी, सप्तरीमा थप एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर –२ निवासी ६५ वर्षीया महिला छिन् ।

    यता, पाटन अस्पतालमा उपचार गराइरहेका एकजना पुरुषको गयराति मृत्यु भएको छ ।

    संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गयराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

    त्यसैगरी, भक्तपुरमा पनि थप एक जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका भक्तपुरका ६५ वर्षीय संक्रमित पुरुषको गएराति मृत्यु भएको हो ।

    भक्तपुर नगरपालिका १, दूधपाटीको होम आइसोलेनमा रहेका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

    साथै, रुपन्देहीमा थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आज मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।

     


    आइतवार, भाद्र १४ २०७७०३:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij