Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वैदेशिक कारोबारको विस्तृत विवरण राख्न बैंकहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन

वैदेशिक कारोबारको विस्तृत विवरण राख्न बैंकहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन

  • मंगलवार, भाद्र १४ २०७९

  • 469
    SHARES

  • वैदेशिक कारोबारको विस्तृत विवरण राख्न बैंकहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । राष्ट्र बैंकले वैदेशिक कारोबारको विस्तृत विवरण राख्न र यस्तो तथ्यांक उपलब्ध गराउन बैंक तथा वित्तीय संस्था र पुर्वाधार बैंकलाई निर्देशन दिएको छ।

    २०८० साउनदेखि वैदेशिक कारोबार रिर्पोटिङ प्रणाली निर्देशिका पूर्ण रूपमा सञ्चालन आउने भएको छ। सो अवधिसम्म राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ मा भएको अधिकार प्रयोग गरेर शोधानान्तर तथ्यांक संकलन निर्देशिका २०६१ आधारमा यस्तो विवरण राख्न र तथ्यांक उपलब्ध गराउन राष्ट्र बैंकले भनेको हो।

    वैदेशिक कारोबार रिर्पोटिङ प्रणाली निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूले गर्ने हरेक वैदेशिक कारोबारको विस्तृत विवरण सहित जानकारीहरू संकलन र अभिलेख राख्नुपर्ने छ। यस्तो कारोबारको पुष्टि हुने आवश्यक कागजातहरू समेत राख्नुपर्ने व्यवस्था गरिएको छ।

    यो प्रयोजनको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको स्थलगत निरिक्षण समेत गर्न सक्ने बताएको छ। बैंक तथा वित्तीय संस्थाले हरेक महिनामा यस्तो तथ्यांक उपलब्ध गराउनु पर्ने व्यवस्था यो निर्देशिकामा रहेको छ।


    मंगलवार, भाद्र १४ २०७९१२:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij