Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना : पाटन अस्पतालमा २९ वर्षीय युवक र सप्तरीमा एक महिलाको मृत्यु

कोरोना : पाटन अस्पतालमा २९ वर्षीय युवक र सप्तरीमा एक महिलाको मृत्यु

  • आइतवार, भाद्र १४ २०७७

  • 1.1K
    SHARES

  • कोरोना : पाटन अस्पतालमा २९ वर्षीय युवक र सप्तरीमा एक महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित एकजना पुरुषको गयराति मृत्यु भएको छ।

    कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गयराति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

    उता, सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् ।

    बिरामी भएपछि अस्ति शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट हिजो साँझ पोजेटिभ आएको थियो ।

    गयराति राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

    धरानतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिनुभएको छ ।

     


    आइतवार, भाद्र १४ २०७७०९:१०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij