Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा सय भन्दा धेरैजना संक्रमित एकैसाथ थपिए

चितवनमा सय भन्दा धेरैजना संक्रमित एकैसाथ थपिए

  • आइतवार, भाद्र १४ २०७७

  • 810
    SHARES

  • चितवनमा सय भन्दा धेरैजना संक्रमित एकैसाथ थपिए

    चितवन । चितवनमा एकसय बढि संक्रमित थपिएका छन् । पछिल्लो समय १सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

    शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।

    धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित देखिएका छन् । यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उहाँले जानकारी दिनुभएका्े छ ।

    चितवनमा मात्रै १०२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रिमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन्

    त्यस्तै , रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

     


    आइतवार, भाद्र १४ २०७७०७:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij