Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशभर १७३ जना कोरोना संक्रमित थपिए, ३९६ निको

देशभर १७३ जना कोरोना संक्रमित थपिए, ३९६ निको

  • शनिवार, भाद्र ११ २०७९

  • 530
    SHARES

  • देशभर १७३ जना कोरोना संक्रमित थपिए, ३९६ निको
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    ६४३ पीसीआर परीक्षणमा ६५ जना र २ हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३ हजार ६१२ जना रहेको छ ।
     
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ, सुनसरी र गोरखामा ३/३, सिन्धुपाल्चोक, धादिङ, अछाम र कञ्चनपुरमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
     
     
     


    शनिवार, भाद्र ११ २०७९०४:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij