Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज ८८४ जना कोरोना संक्रमित थपिए

आज ८८४ जना कोरोना संक्रमित थपिए

  • शनिवार, भाद्र १३ २०७७

  • 949
    SHARES

  • आज ८८४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

    आज काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३७ हजार नाघेको छ । आजसम्म ३७ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा छन् भने १० हजार १ सय ४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ३ सय १३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    कुल संक्रमितमध्ये ५५ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।



    शनिवार, भाद्र १३ २०७७०५:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij