Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आफ्नो घरको नक्सा म सँग माग्नुभयो, गलत भेटिएकोले डोजरसहित लिएर आए : बालेन

आफ्नो घरको नक्सा म सँग माग्नुभयो, गलत भेटिएकोले डोजरसहित लिएर आए : बालेन

  • बिहिवार, भाद्र ९ २०७९

  • 970
    SHARES

  • आफ्नो घरको नक्सा म सँग माग्नुभयो, गलत भेटिएकोले डोजरसहित लिएर आए : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएको छ।

    बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन साह अल्फाबिटा कम्प्लेक्समा पुगेका थिए।

    अल्फाबिटाका द्विराज शर्मासँग मेयर साहको भनाभन परेको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु पर्ने बताएका थिए।

    मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए । शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए। कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी दिउँसो फेरि अल्फाबिटामा पुगे।

    अल्फाबिटामा उनले उपस्थित पत्रकारहरूलाई नक्सा देखाए। त्यसपछि डोजरले अवैध संरचना भत्कायो। अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि साहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन्।

    उनले लेखेका छन– उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।


    बिहिवार, भाद्र ९ २०७९०५:३४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij