Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बालेन सही, अल्फाबिटाको भुईंतला खाली गराइँदै

बालेन सही, अल्फाबिटाको भुईंतला खाली गराइँदै

  • बिहिवार, भाद्र ९ २०७९

  • 1.0K
    SHARES

  • बालेन सही, अल्फाबिटाको भुईंतला खाली गराइँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरेको छ ।

    नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चालन गरेको ठहर गरेको हो ।

    बिहान मेयर बालेन र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए ।

    बालेनले नक्सा लिएर महानगरमा उपस्थित हुन भनेका थिए । मेयरका स्वकीय सचिव भुपदेव शाहका अनुसार महानगरले अल्फा हाउसको नक्साको अध्ययन गरेको छ र तल्लो तल्ला अनधिकृत प्रयोग भएको ठहर गरिएको छ ।

    केही बेरमा महानगरको टोली अल्फा हाउसको भुईं तल्ला खाली गराउन नयाँ बानेश्वर पुग्दैछ ।


    बिहिवार, भाद्र ९ २०७९०३:१६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij