काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा १२ जनाको मृत्यु भएको छ ।
पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, ललितपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको छ ।