Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेनको एक्सन : अल्फाबिटाका साहूलाई चेतावनी, सटर झार्न निर्देशन

बालेनको एक्सन : अल्फाबिटाका साहूलाई चेतावनी, सटर झार्न निर्देशन

  • बिहिवार, भाद्र ९ २०७९

  • 843
    SHARES

  • बालेनको एक्सन : अल्फाबिटाका साहूलाई चेतावनी, सटर झार्न निर्देशन

    काठमाडौं । महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले बिहीबार पनि सो कार्यलाई निरन्तरता दिएको छ ।

    अनधिकृत संरचना हटाउने कार्यमा मिडिया र महानगर प्रहरीका साथै कर्मचारी लिएर बालेन आफै फिल्डमा खटिँदै आएका छन् । बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्सलगायतको अनधिकृत संरचनामा डोजर चलाएका बालेन बिहीबार भने केही फरक शैलीमा प्रस्तुत भए ।

    नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा उनी संरचना हटाउन भनेर पुगे । तर, त्यहाँ डोजर चलेन बरु उनको अल्फा बिटाका घरबेटीसँग सवाल जवाफ चल्यो ।

    सो क्रममा उनी कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासँग झोक्किन पुगे । अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको छ ।

    बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए । बालेनले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाइएपछि त्यसलाई हटाउन समेत निर्देशन दिएर फर्किएका छन् ।

    एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।


    बिहिवार, भाद्र ९ २०७९०२:३९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij