काठमाडौं । कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनीहरु सबै ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत हुन् ।
ट्राफिक प्रहरी प्रभागका अनुसार दुई जना प्रहरीलाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब परीक्षण गरिएको थियो । दुवैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो ।
उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ ।
उपत्यकामा हालसम्म मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।