Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यकर्मीलगायत कोरोना नियन्त्रणमा खटिएकालाई अबरोध गर्नेलाई कारवाही गरिने

स्वास्थ्यकर्मीलगायत कोरोना नियन्त्रणमा खटिएकालाई अबरोध गर्नेलाई कारवाही गरिने

  • शनिवार, भाद्र १३ २०७७

  • 1.2K
    SHARES

  • स्वास्थ्यकर्मीलगायत कोरोना नियन्त्रणमा खटिएकालाई अबरोध गर्नेलाई कारवाही गरिने

    काठमाडौं । कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई घर–डेरामा आउजाउ गर्न अवरोध पुर्याउनेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।

    महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ र दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

    स्थानीयवासीको नाममा उश्रृखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ ।

     


    शनिवार, भाद्र १३ २०७७०३:५६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij