Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज कहाँ–कति थपिए कोरोना संक्रमित ?

आज कहाँ–कति थपिए कोरोना संक्रमित ?

  • शनिवार, भाद्र १३ २०७७

  • 2.1K
    SHARES

  • आज कहाँ–कति थपिए कोरोना संक्रमित ?

    काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ सय ३३ वटाको स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यसैगरी, गण्डकी प्रदेशमा पनि आज ९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी छन् ।

    साथै, धनकुटामा आज १३ प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


    शनिवार, भाद्र १३ २०७७०३:५०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij