काठमाडौं । कास्कीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
पोखरा –१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत १० भदौमा संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।