Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन क्षेत्र पूर्वाधार विकासजस्ता कार्यक्रम सञ्चालन नगर्न सबै तहका सरकारलाई आयोगको निर्देशन 

निर्वाचन क्षेत्र पूर्वाधार विकासजस्ता कार्यक्रम सञ्चालन नगर्न सबै तहका सरकारलाई आयोगको निर्देशन 

  • शनिवार, भाद्र ४ २०७९

  • 622
    SHARES

  • निर्वाचन क्षेत्र पूर्वाधार विकासजस्ता कार्यक्रम सञ्चालन नगर्न सबै तहका सरकारलाई आयोगको निर्देशन 
    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भइसकेकाले निर्वाचन पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना तथा बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्न र नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ। 
     
    शनिबार(आज) आयोगले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। आयोगले त्यस्ता आयोजनाले निर्वाचनलाई प्रभावित पार्ने भएकाले कार्यान्वयन नगर्न निर्देशन दिएको बताएको छ।
     
    निर्वाचन तयारीका गतिविधिहरू भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ योजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न र नगराउन नेपाल सरकार, सातै प्रदेश सरकार र सबै स्थानीय तहका सरकारलाई आयोगले निर्देशन दिएको हो। 
     
    यस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पदावधि पनि सकिनै लागेका बेलामा विभिन्न प्रदेशहरूमा यस्ता प्रदेश सभाबाटै निर्वाचन घोषणा भइसकेपछि बजेट छुट्टाएर कार्यान्वयनमा लैजान थालेको भन्ने गुनासो आएकाले यस्तो निर्देशन दिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 
     
    nirbachan1661002537.jpg


    शनिवार, भाद्र ४ २०७९०७:३६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij