Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपालबाट ३ करोडको रुद्राक्ष निर्यात

नेपालबाट ३ करोडको रुद्राक्ष निर्यात

  • शनिवार, भाद्र ४ २०७९

  • 735
    SHARES

  • नेपालबाट ३ करोडको रुद्राक्ष निर्यात

    काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ३२ लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा उक्त मूल्य बराबरको रुद्राक्ष निर्यात भएको हो ।

    विभागका अनुसार नेपालबाट गत वर्ष ८ लाख १६ हजार ३८६ किलोग्राम रुद्राक्ष निर्यात गरेको छ । नेपालबाट निर्यात हुने रुद्राक्ष विश्वका ३ वटा देशले किन्ने गरेका छन् । चीन, भारत र अमेरिकाले नेपालबाट रुद्राक्ष किन्ने गरेको विभागले जनाएको छ ।

    जसमध्ये भारतले १ करोड ६१ लाख ८६ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ । यस्तै, अमेरिकामा १ करोड २९ लाख ५७ हजार रुपैयाँको रुद्राक्ष निर्यात हुँदा चीनतर्फ ४१ लाख ३८ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ ।


    शनिवार, भाद्र ४ २०७९०३:४७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij