काठमाडौं । सुप्रसिद्ध गायिका रचना रिमालले चार कोठे पक्की घर निर्माण गरेकी छन् । झापाको चन्द्रगढीमा उनले नयाँ घर बनाएकी हुन् ।
सांगितक क्षेत्रमा छोटो समयमा उदाएकी रचना संस्कारी र सुशील गयिकाको रुपमा परिचित छिन् । कलाकारिता क्षेत्रमा भइरहने स्टन्टबाट उनी पछाडि छन् । आफ्नो करियरलाई मात्रै अगाडि बढाउने योजनामा रहेकी रचनाले आफ्नै कमाइले घर बनाउँदा बुवाआमा खुसी बनेका छन् ।
कलाकारिता क्षेत्रको कमाइबाट घर निर्माण गरौँला भन्ने नसोचेकी रचनाले अन्ततः त्यो सपना पूरा गरेरै छाडेकी छन् । पूरानो घरबाट उनको परिवार नयाँ घरमा सरेको छ । उनले आफ्नो खुसी सामाजिक सञ्जालमा यसरी व्यक्त गरेकी छिन् ।
‘सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ❤️
चन्द्रगडि झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्कि घर निर्माण कार्य सकिएको छ , बाबाममि यहि घरमा बस्दै हुनुहुन्छ 🥰 माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु।
सदैव यहि क्षेत्रमा रहि सत्कर्म गर्ने छु 🎶’