Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, भाद्र १३ २०७७

  • 780
    SHARES

  • चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गय राति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको थियो।

    चितवनका १५ जना भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ हुन्। भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष छन् भने बाँकी संक्रमित महिला छन्।

    संक्रमितहरूको उमेर ११ वर्षदेखि ५९ वर्षसम्म रहेको अस्पतालको विवरणमा उल्लेख छ। रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन्। त्यसैगरी, मकवानपुरका १, गोरखाका दुई, नवलपुरका १ र सप्तरीका २ जनामा संक्रमण देखिएको छ।

    त्यस्तै दैलेख, बारा र गुल्मीका एक–एक पुरुष तथा सुर्खेत र मोरङका एक–एक महिलामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

    अस्पतालले हिजो २७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरेको थियो । जसमा २४९ मा कोरोना परीक्षण नेगेटिभ देखिएको थियो ।


    शनिवार, भाद्र १३ २०७७०६:३७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij