काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्युएचओ)ले ८० लाख सिरिन्ज नेपाललाई उपलब्ध गराएको छ । राष्ट्रिय कोभिड–१९ खोप अभियानका लागि आज डब्ल्युएचओका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहलाई ८० लाख सिरिन्ज हस्तान्तरण गर्नुभएको हो ।
डब्ल्युएचआले सहयोग स्वरूप उपलब्ध गराएको सिरिन्जहरू देशभरका स्वास्थ्य केन्द्रहरूमा वितरण गरिनेछ । जसले प्रभावकारी रूपमा खोप कार्यक्रम संचालन गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।