काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गरेको प्रति नीजि प्राविधिक शिक्षालय महासंघले आपत्ती जनाएको छ ।
महासंघले हठात र षड्यन्त्रपुर्वक २५ वर्षदेखि देशको शैक्षिक उन्नयनमा योगदान गर्दै आएका सरोकारवाला निकायसंग कुनै सरसल्लाह नगरी, विकल्प र भावी योजना नदिई आकस्मिक तवरले निर्णय गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।
महासंघको तर्फबाट विज्ञप्ति निकाल्दै महासचिव दुर्गाप्रसाद भुसालले सरोकारवाला निकायहरु प्रधानमन्त्री, शिक्षामन्त्री, सिटिइभिटी, चिकित्सा शिक्षा आयोग तथा नीजि प्राविधिक शिक्षालय महासंघ, नेपालको संयुक्त छलफलबाट फेज आउट गर्न खोजिएका कार्यक्रमहरुको समुचित र न्यायसंगत ढंगबाट व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभएको छ ।
पूर्ण विज्ञप्ति यहाँ हेर्नुहोस्
