काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूलाई कोरोना भाइरस पुष्टि भएमा उद्योगपति विनोद चौधरीले जस्तै सूसुचित गर्न सबैलाई आग्रह गर्नुभएको छ । आज ट्विट गर्दै उहाँले वैलैमा सुसूचित गरेमा थप संक्रमण फैलिनबाट रोक्न सकिने बताउनुभएको छ ।
‘आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै विनोद चौधरीले जसरी सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्क रहन सामाजिक संजालमार्फत सूचित गर्नुभयो’, उहाँले लेख्नुभएको छ, ‘यसले संक्रमण थप फैलिनबाट रोक्छ र कन्ट्याक्ट ट्रेसिङलाई सहज बनाउँछ । अरुले पनि सूचित गरौँ, सतर्क रहौँ ।’
कांग्रेसका सांसदसमेत रहेका उद्योगपति चौधरीले आज सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको थियो ।
उहाँले आफू डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसिरहेको बताउनुभएको छ ।
