Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोनाका ४५५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

कोरोनाका ४५५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

  • आइतवार, श्रावण २९ २०७९

  • 537
    SHARES

  • कोरोनाका ४५५ जना संक्रमित थपिए, २ जनाको मृत्यु
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
     
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ रहेको छ ।


    आइतवार, श्रावण २९ २०७९०४:२९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij