Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.4K
    SHARES

  • कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको जानकारी दिनुभयो । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

    मोरङका ५६ र ६५ वर्षीया दुईजना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    त्यसैगरी, उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी ८ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


    शुक्रवार, भाद्र १२ २०७७०५:०४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij