काठमाडौं । पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ जनाको स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भइ १६९ जना डिस्चार्ज भएका छन् । आजसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।