Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आगामी २४ घण्टा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान

आगामी २४ घण्टा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान

  • शनिवार, आषाढ २० २०७७

  • 796
    SHARES

  • आगामी २४ घण्टा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान

    काठमाडौं । मनसुनी वायुको प्रभावसँगै मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको छ ।

    महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    महाशाखाकाअनुसार देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  प्रदेश १, गण्डकी प्रदेश र  प्रदेश ५  का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी २४ घण्टामा भारी वर्षासँगै बिभिन्न क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

     


    शनिवार, आषाढ २० २०७७०७:१५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij