Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

४३ अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८१ करोडमा खुम्चियो

४३ अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८१ करोडमा खुम्चियो

  • मंगलवार, श्रावण २४ २०७९

  • 552
    SHARES

  • ४३ अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८१ करोडमा खुम्चियो

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४३.३५ अंकले घट्दै २ हजार ६२.८० अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १७.१५ अंकले घटेर २१ सय ६.१५ अंकमा अडिएको थियो ।

    यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.६८ अंकले घट्दै ३९७.४३ अंकमा झर्न पुगेको छ । ४३ अंकले घटेको बजारमा आज कारोबार रकम समेत खुम्चिँदै २ अर्ब ८१ करोडमा सीमित भएको छ । १३ वटा उपसूचक मध्ये १३ वटै उपसूचक आज ऋणात्मक भएका छन् ।


    सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.९५ प्रतिशतले मात्र घटेको छ ।


    मंगलवार, श्रावण २४ २०७९०५:१०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij