Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मिस नेपाल प्रियङ्कालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान

मिस नेपाल प्रियङ्कालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान

  • मंगलवार, श्रावण २४ २०७९

  • 657
    SHARES

  • मिस नेपाल प्रियङ्कालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान
    काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् ।
     
    नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् ।
     
    न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसायिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्‍याउन भूमिका खेलेको समेत बताएकी छन् ।
    US-Parliament-Member-Jennifer-Rajkumar.jpg
     
    महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियङ्काको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् । जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरूको सघन बसोबास छ ।
     
    जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् । मिस नेपाल प्रियङ्का गत साता न्युयोर्क पुगेकी थिइन् । मिस वर्ल्डअन्तर्गत ब्युटी विथ पर्पसको लागि बिजुली परियोजना बनाउन लगानी जुटाउने र मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन उनी त्यता लागेकी हुन् ।
     
    प्रियङ्का दुई साता अमेरिकामा रहने कार्यक्रम छ ।


    मंगलवार, श्रावण २४ २०७९०३:०४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij