काठमाडौं । हिन्दु महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् ।
यही क्रममा कलाकार नरेन्द्र मल्लको तीज गीत ‘सुहायो चौपट्टै’ आइतबार सार्वजनिक भएको छ । सञ्चारकर्मी समेत रहेका मल्लको आफ्नै शब्द तथा संगीत रहेको गीतमा उनलाई आवाजमा समीक्षा अधिकारीले साथ दिएकी छन् ।
मारुनी स्टुडियोमा रेकर्ड भएको गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् भने मिक्सीङ मास्टरिङमा सुमन राना रहेका छन् । एएमएस इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा कमल राईको निर्देशन रहेको छ ।
भिडियोको फिर्चडमा सत्यकला लामा, अभि लामा, नयन लामा, झरना नेपाल र जेनीलाई देख्न सकिन्छ । शिव ढकालको क्यामेरा रहेको गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।