Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

छात्रवृत्तिका लागि सानिमा बैङ्कले माग्यो आवेदन

छात्रवृत्तिका लागि सानिमा बैङ्कले माग्यो आवेदन

  • सोमवार, श्रावण २३ २०७९

  • 774
    SHARES

  • छात्रवृत्तिका लागि सानिमा बैङ्कले माग्यो आवेदन
    काठमाडौं । सानिमा बैङ्क लिमिटेडले कक्षा ११-१२ अध्ययनका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन माग गरेको छ ।
     
    काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष पनि छात्रवृत्ति आवेदन खुला गरेको बैङ्कले जनाएको छ ।
     
    बैङ्कका अनुसार उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति २ हजार रुपैयाँ (प्रति महिना) गरी प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिनेछ । आवेदन ३१ भदौसम्म दिन सकिनेछ ।
     


    सोमवार, श्रावण २३ २०७९०२:४९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij