Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

  • आइतवार, श्रावण २२ २०७९

  • 625
    SHARES

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक (०.४९ प्रतिशत) ले बढेर २१२३.८२ अंकमा बन्द भएको छ ।

    जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ ।

    आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ । गत बुधबार ४ अर्ब र बिहीबार ३ अर्ब ७७ करोड रुपैयाँ को कारोबार भएको थियो । शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

    आइतबार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ९० लाखको कारोबार हुँदा नबिल बैंकको १२ करोड ७३ लाखको कारोबार भएको छ । यस दिन कारोबार अवधिभर नेप्सेमा १८० कम्पनीको सेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ५९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

    आइतबार कारोबार भएकामध्ये मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावरको सेयरमूल्य १२ करोड ७३ लाखको कारोबार भएको छ ।

    यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा सामलिङ पावरको सेयरमूल्य ३.४३ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ३.३८ प्रतिशतले घटेको छ ।


    आइतवार, श्रावण २२ २०७९०४:४८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij