Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना झन् खतरनाक हुन सक्छ

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना झन् खतरनाक हुन सक्छ

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.1K
    SHARES

  • स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना  झन् खतरनाक हुन सक्छ

    काठमाडौं । आगामी दिनहरुमा कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आउँदा दिनमा कोरोना सङ्क्रमितको संख्या झनै बढ्ने आकलन गरिएको बताउनुभएको हो ।

    स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित प्रेस व्रिफङमा डा गौतमले संक्रमण बढेसँगै समाजमा विभेदपूर्ण सोच र व्यवहार देखा परेको बताउनुभयो । अझ आउँदो केही दिन थप सङ्क्रमण बृद्धि हुने देखिएकाले चुनौतीहरूको सामना गर्नुपर्ने हुन उहाँको भनाइ छ । जिम्मेवारपूर्ण व्यवहार गर्न पनि सबैसँग डा गौतमले आग्रह गर्नुभयो ।

    आज देशैभर १ हजार १११ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभर सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। एकैदिन कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।


    बिहिवार, भाद्र ११ २०७७०५:२६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij