Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दुर्गेश थापाको ‘बिच्च बिच्चमा ६’ सार्वजनिक ‘भिडियोसहित’

दुर्गेश थापाको ‘बिच्च बिच्चमा ६’ सार्वजनिक ‘भिडियोसहित’

  • शुक्रवार, श्रावण २० २०७९

  • 1.0K
    SHARES

  • दुर्गेश थापाको ‘बिच्च बिच्चमा ६’ सार्वजनिक ‘भिडियोसहित’
    काठमाडौं । दुर्गेश थापाले चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन् । थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेका हुन् । 
     
    श्यामश्वेत रसाइलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् । दुर्गेशले यस पटक गीतमा केही सन्देश बोकेर आएको बताएका छन् ।
     
    भिडियो फेसबुकमा शेयर गर्दै उनले लेखेका छन्, ‘सदियौँदेखि छोरा–छोरीबीच हुने भेदभावको विषयमा यस पटकको ‘बिच्च बिच्चमा ६’ । तपाईँहरूको सल्लाह÷सुझावलाई शिरोपर गर्दै केही सन्देश बोकेर आएको छु ।’ 
     
    विगतमा जस्तै यस पटक पनि भिडियोमा दुर्गेश स्वयंले अभिनय गरेका छन् । साथमा, बाल कलाकारद्वय जेविन र जेविस श्रेष्ठको भिडियोमा फिचर्ड छन् । क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।
     
     


    शुक्रवार, श्रावण २० २०७९०४:२९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij