Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी

  • बिहिवार, श्रावण १९ २०७९

  • 756
    SHARES

  • कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी
    काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।
     
    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरूलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिनुभएको छ ।
     
    बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यो विषयलाई आयोगले गम्भीरतापूर्वक  लिएको छ । सम्भवतः यो माग पूरा हुन्छ, हामी यसलाई व्यवस्थापन गर्ने तयारीमा छौँ ।’
     
    स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् । तर त्यसपछि एक रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।
     
    प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा अस्थायी मतदातालाई मतदानको व्यवस्था गर्न नसके पनि अब सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्न तयारी गर्ने बताउनुभएको छ ।


    बिहिवार, श्रावण १९ २०७९०५:३३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij