Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मंकीपक्सबाट बच्न बिफरको खोप अनुमोदन

मंकीपक्सबाट बच्न बिफरको खोप अनुमोदन

  • बुधवार, श्रावण १८ २०७९

  • 624
    SHARES

  • मंकीपक्सबाट बच्न बिफरको खोप अनुमोदन
    एजेन्सी । जापानले मंकीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मंकीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
     
    बिफरको खोप मंकीपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । गत महिनाको अन्त्यमा २ जना आफ्ना नागरिक उक्त रोगबाट पीडित भएपछि सरकारले खोप प्रयोगको स्वीकृति दिएको हो । 
     
    स्वास्थ्यकर्मी, प्रयोगशालाका कर्मचारी र स्वास्थ्य केन्द्रका कर्मचारीलाई खोप उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा निर्णय भई नसकेको उक्त मन्त्रालयले बताएको छ । देशमा बिफर विरुद्धको खोपको पर्याप्त मौज्दात रहेको पनि उक्त मन्त्रालयले जनाएको छ । 
     
    गत महिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आधिकारिक रूपमा मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । 


    बुधवार, श्रावण १८ २०७९०७:५२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij