Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने

५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने

  • बुधवार, श्रावण १८ २०७९

  • 862
    SHARES

  • ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने
    काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका ५० जिल्लाका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो ।
     
    दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठुला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको थियो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रासमेत पाइसकेका छन् ।


    बुधवार, श्रावण १८ २०७९०७:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij