Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माग र मुद्दाहरु सम्बोधन हुँदै गएकाले लोसपालाई सरकारमा जान अफ्ठेरो छैन : केशव झा

माग र मुद्दाहरु सम्बोधन हुँदै गएकाले लोसपालाई सरकारमा जान अफ्ठेरो छैन : केशव झा

‘गठबन्धनको सरकारपछि ओलीसँग कुनै कुरा भएको छैन’
  • बुधवार, श्रावण १८ २०७९

  • 599
    SHARES

  • माग र मुद्दाहरु सम्बोधन हुँदै गएकाले लोसपालाई सरकारमा जान अफ्ठेरो छैन : केशव झा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले सरकारमा जान कुनै समस्या नरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले आफूहरुका माग र मुद्दाहरु सम्बोधन हुँदै गइरहेकाले अनुकुल वातावरण बनेको बताउँदै लोसपालाई अब सरकारमा जान कुनै अफ्ठेरो नहुने बताउनुभएको हो ।

    आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँगै तालमेल गर्ने पनि नेता झाले संकेत गर्नुभयो । सरकारमा जाने निश्चित भएपछि पाँचदलीय गठबन्धनमा जाने कुरा पनि तय हुने उहाँले बताउनुभयो । यदि कुनै कारण केहि कुरा नमिलेर सरकारमा नगए गठबन्धनमा पनि नजाले नेता झाले स्पष्ट पार्नुभयो । साथै पार्टीबाट मन्त्री को बन्ने भन्ने कुरामा भने अहिले नै कुनै छलफल नभएको नेता झाको भनाइ छ ।

    केपी ओली नेतृत्वमा केहि आफ्ना मुद्दाका आधारमा सरकारको साथमा रहेको लोसपा सत्ता गठबन्धनको सरकार बनेपछि भने ओलीसँग कुराकानी र भेटघाटमा नरहेको नेता झाले बताउनुभयो ।

    तर पछिल्लो समय अध्यक्ष महन्थ ठाकुरसँग ओली सघन वार्तामा हुनुहुन्थ्यो भन्ने कुरा भने सत्य नै रहेको प्रस्ट पार्दै नेता झाले अहिले नै गठबन्धनको निर्णय भइनसकेकाले चुनाव घोषणापछि बाँकी निर्णय गर्ने विषयमा छलफल भएको बताउनुभयो । त्यसकारण ओलीसँग पनि कुनै कुरा छिनोफानो भइनसकेकाले भोलिको समयमा को सँग तालमेल र गठबन्धनमा जाने भन्ने कुरा चुनाव घोषणा नभई यो निश्कर्षमा पुग्न सकिने उहाँको भनाइ छ ।


    बुधवार, श्रावण १८ २०७९०७:३१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij