Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विप्लवरुद्ध पक्राउ पुर्जी जारी गरिएको विषय राजनीतिक रुपमा हेर्न मिल्दैँन : प्रहरी प्रवक्ता राई

विप्लवरुद्ध पक्राउ पुर्जी जारी गरिएको विषय राजनीतिक रुपमा हेर्न मिल्दैँन : प्रहरी प्रवक्ता राई

  • मंगलवार, श्रावण १७ २०७९

  • 838
    SHARES

  • विप्लवरुद्ध पक्राउ पुर्जी जारी गरिएको विषय राजनीतिक रुपमा हेर्न मिल्दैँन : प्रहरी प्रवक्ता राई

    काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरुलाई कानुन बमोजिम पक्राउ गर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्क नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता राईले विप्लवका नेतालाई २०७५ फागुनमा नख्खुको एनसेल टावरमा विष्फोट गरेको फौजदारी अभियोगमा जिल्ला अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको र अदालतको आदेश आफूहरुले पालना गर्नुपर्ने भएकाले यसलाई राजनीतिक रुपमा हेर्न नमिल्ने बताउनुभयो । अदालतबाट अर्को आदेश नआएसम्म नेपाल प्रहरीले कानुन बमोजिम गर्ने प्रवक्ता राईले स्पष्ट पार्नुभयो ।

    हिजो ललितपुर जिल्ला अदालतले बिप्लप प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
    ललितपुर जिल्ला अदालतले पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लप) प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरूद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

    यता विप्लवले भने सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । हिजो विज्ञप्ति जारी गर्दै नेकपा विप्लवले सरकार र राज्यले चेतावनी दिएको हो । नेकपाले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोपसमेत लगाएको छ ।

     


    मंगलवार, श्रावण १७ २०७९०९:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij